इङ्ग्ल्यान्डमा बालबालिकामा मोटोपनाको समस्या बढ्दै

एजेन्सी, ६ असार । सन् २००६ पछि इङ्ग्ल्यान्डमा १० र ११ वर्षका बालबालिकामा ३० प्रतिशतले मोटोपन बढेको छ ।

परोपकारी संस्था फुड फाउन्डेसनले गरेको अध्ययनमा आफ्नो तौलसँग सङ्घर्ष गरिरहेका बालबालिकाको सङ्ख्यामा भएको वृद्धिलाई ‘गहिरो चिन्ताजनक’ अवस्था भनेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

हिजो सार्वजनिक भएको प्रतिवेदनले सन् २०१३ पछि पाँच वर्षका बालबालिकाको उचाइमा लगातार गिरावट र २५ वर्षभन्दा कम उमेरका मानिसमा मधुमेहमा बढेको र पछिल्लो पाँच वर्षमा मधुमेह २२ प्रतिशतले वृद्धि भएको देखाएको छ । यसको कारणमा पत्रु खानाको बढ्दो प्रयोग रहेको प्रतिवेदनमा उल्लेख छ ।

इङ्ग्ल्यान्डमा मानिसको अस्वस्थ जीवनशैलीका कारण पौष्टिक खाना उपलब्ध नहुँदा स्वास्थ्य सङ्कटको अवस्था आउनसक्ने प्रतिवेदनले चेतावनी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन् । आइतबार साँझ सवा ४ बजे बडिमालिका नगरपालिका–२ को

काठमाडौँ, ५ जेठ । काठमाडौँबाट लुक्ला जाँदै गरेको समिट एयरको एउटा जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौँमै फर्किएको छ । आज

काठमाडौँ, ५ जेठ । लहान नगरपालिका २२ लबटोलीबाट दाजु र बहिनीलाई प्रहरीले ठूलो परिमाणमा नगद र ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

काठमाडौँ, ५ जेठ । लेदोसहितको पहिरोले हुम्लाको नाम्खा गाउँपालिका वडा नं.६ को तिलगाउँ उच्च जोखिममा परेको छ । गएको बिहीवार र