टी–२० विश्वकप : अमेरिका दक्षिण अफ्रिकासँग पराजित

काठमाडौँ, ६ असार । आईसीसी टी–२० विश्वकपमा सुपर ८ अर्थात दोस्रो चरणको पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको छ ।

हिजो भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेटको क्षतिमा १ सय ७६ रन मात्र बनाउन सक्यो । अमेरिकाका लागि आन्द्रियस गोउसले सर्वाधिक ८० रन बनाए । दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्वीन्टन डी ककले सर्वाधिक ७४ रन बनाएका थिए । अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र हरमित सिंहले २–२ विकेट लिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन् । आइतबार साँझ सवा ४ बजे बडिमालिका नगरपालिका–२ को

काठमाडौँ, ५ जेठ । काठमाडौँबाट लुक्ला जाँदै गरेको समिट एयरको एउटा जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौँमै फर्किएको छ । आज

काठमाडौँ, ५ जेठ । लहान नगरपालिका २२ लबटोलीबाट दाजु र बहिनीलाई प्रहरीले ठूलो परिमाणमा नगद र ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

काठमाडौँ, ५ जेठ । नवलपरासी पश्चिमको सुनवल–परासी सडकखण्डमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार