युक्रेनले इयु सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने

किएभ, ६ असार । युक्रेनले चाँडै नै युरोपेली सङ्घ (इयु) सँग सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने बताएको छ । 

सम्झौताहरूको शृङ्खलामा पछिल्लो सम्झौताले युक्रेनले आगामी वर्षमा रुससँगको लडाइँमा सैन्य सहयोग सुनिश्चित हुने आशा गरेको छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता संयुक्त राज्य अमेरिकासँग आफ्नो युद्धग्रस्त मुलुकको नाटो सदस्यताका लागि ‘सेतु’ का रूपमा सहमति भएको ‘अभूतपूर्व’ १० वर्षको सुरक्षा सम्झौताको प्रशंसा गरे । 

युक्रेनी सञ्चारमाध्यमका अनुसार किएभले इयुका सदस्य मुलुकसहित १७ मुलुकसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको छ र अन्य १० मुलुकसँग सम्झौतामा वार्ता गर्ने प्रक्रियामा छ । “युक्रेनी र इयुका वार्ता टोलीहरूले सुरक्षा सम्झौताको पाठलाई अन्तिम रूप दिएका छन् र निकट भविष्यमा यसमा हस्ताक्षर गर्ने सहमति व्यक्त गरेका छन्”, युक्रेनी राष्ट्रपतिले एक विज्ञप्तिमा भने । 

सुरक्षा सम्झौता युक्रेनका लागि खतरनाक समयमा भएको छ । युक्रेनी सेना रुसी आक्रमणविरुद्ध मुलुकको पूर्व र दक्षिणमा सीमामा पकड कायम गर्नका लागि सङ्घर्ष गरिरहेको छ र उसको हतियार कमजोर भएको छ । एएफपी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्