काठमाडौँ, ५ असार । ‘छक्कापञ्जा ३’ युट्युबमा सबैभन्दा धेरैपटक हेरिने नेपाली फिल्म बनेको छ ।
बुधबार अपरान्हसम्म यसलाई ३ करोड ५१ लाख पटक हेरिएको छ । दीपाश्री निरौला निर्देशित यो फिल्ममा दीपकराज गिरी र दीपिका प्रसाईंको शीर्ष भूमिका छ ।
युट्युबमा धेरै हेरिने नेपाली फिल्मको रेकर्ड राखेपछि अभिनेता तथा फिल्म लेखक दीपकराज गिरीले साना-साना कुराले नै काम गर्न जाँगर दिने भन्दै खुसी व्यक्त गरेका छन् । यतिबेला ‘छक्कापञ्जा ५’ को छायांकन चलिरहेको छ ।