राष्ट्रको समृद्धि संस्कृतिबाटै सम्भव छ : मन्त्री तामाङ

काठमाडौँ, ५ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रको समृद्धि संस्कृतिबाटै सम्भव रहेको बताएका छन् । 

आज सांस्कृतिक संस्थानको ५२औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल बहुल जातजातिको सांस्कृतिक विविधताले भरिपूर्ण राष्ट्र भएकै कारण संस्कृतिबाटै समृद्धिको आधार निर्माणतर्फ विशेष ध्यानाकर्षण गरी मन्त्रालयले संस्कृतिको संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन, दस्तावेजीकरण तथा पुस्तान्तरणका लागि राज्यको नीतिलाई प्राथमिकताका साथ कार्यान्वयनलाई जोड दिएको बताए । 

उनले भने, “नेपाल बहुल जातजातिको सांस्कृतिक विविधताले भरिपूर्ण राष्ट्र भएकै कारण संस्कृतिबाटै समृद्धिको आधार निर्माणतर्फ विशेष ध्यानाकर्षण गरी नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृतिको संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन, दस्तावेजीकरण तथा पुस्तान्तरणका लागि राज्यको नीतिलाई प्राथमिकताका साथ कार्यान्वयनलाई जोड दिएको छ,” । 

मन्त्री तामाङले नेपाल र नेपालीको अस्तित्व र पहिचानसँग जोडिएको संस्कृतिजस्तो संवेदनशील विषयलाई संरक्षणतर्फ विशेष ध्यानाकर्षण हुनु जरुरी रहेको बताए । उनले जातजातिका अमूर्त सांस्कृतिक सम्पदालाई दस्तावेजीकरणसहित विश्व सांस्कृतिक सम्पदामा सूचीकणका लागि विशेष पहल अपरिहार्य रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्