परिसूचक नेप्से २.२७ अंकले बढ्यो

काठमाडौँ, ५ असार । आज सेयर बजारको परिसूचक नेप्से २.२७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०७८ अंकमा कायम भएको छ ।

नेप्से बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ५ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब ४० करोडमा खुम्चियो । १३५ कम्पनीको मूल्य बढ्दा १०४ को घट्यो भने ८ को स्थिर रह्यो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २.६२ प्रतिशत (५८ अंक) बढ्यो । बैंकिङ १.६, हाइड्रोपावर ८.५, माइक्रोफाइनान्स ६.८, निर्जीवन बीमा १८.८ र अन्य समूह २.५ अंक बढे । विकास बैंक ५.२, होटल तथा पर्यटन समूह १९, जीवन बीमा १३, उत्पादन २८ र व्यापार समूह ३८ अंक घटे ।

नेपाल फाइनान्स र समाज लघुवित्तको मूल्य करिब १० प्रतिशत बढ्यो । कुथेली बुकरी स्मल हाइड्रोपावरको ९.३, मन्दाकिनी हाइड्रोपावरको ८.२ सामलिङ पावरको ८, आत्मनिर्भर लघुवित्तको ७.३, सिर्जनशील लघुवित्तको ६.८, विन नेपाल लघुवित्तको ६.५ प्रतिशत मूल्य बढ्यो । मनकामना स्मार्ट लघुवित्तको मूल्य ९.८ प्रतिशत घट्यो । दिव्यश्वरी हाइड्रोपावरको २.३ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, सीईडीबी हाइड्रोपावर र हिमालयन लघुवित्त वित्तीय संस्था क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक

काठमाडौँ, ५ जेठ । विधायिकी भूमिकामा रहेका सांसदले आर्थिक परिचालन गर्दा शक्ति पृथकीकरणको सिद्धान्तविपरीत हुने भन्दै सर्वोच्च अदालतले समेत रोक

काठमाडौँ, ४ जेठ । सम्पत्ति शुद्धीकरणको मुद्दामा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् ।

काठमाडौँ, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घको हानीनोक्सानी कोष (फण्ड फर रेस्पोण्डिङ टु लस एण्ड ड्यामेज) का