‘द ब्लफ’को छायांकन गर्दा प्रियंका चोपडा घाइते

काठमाडौँ, ५ असार । भारतीय अभिनेत्री प्रियंका चोपडा छायांकन गर्ने क्रममा घाइते भएकी छन् ।

अष्ट्रेलियामा आगामी हलिउड फिल्म ‘द ब्लफ’ को सुटिङ गरिरहेको बेला उनको घाँटीमा गहिरो चोट लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रियंकाले सामाजिक सञ्जालमा घाउको तस्वीर सेयर समेत गरेकी छन् । ‘भगवानलाई धन्यवाद यो चोट धेरै गहिरो छैन,’ उनले लेखेकी छन् । उनले सामाजिक सञ्जालमा सेयर गरेको घाउको तस्वीर भाइरल भएसँगै फ्यानहरुले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

तस्वीरमा उनको घाँटीमा निकै गहिरो चोट लागेको देखिन्छ । अस्ट्रेलियामा छायांकन भइरहेकफ ‘द ब्लफ’ मा कार्ल अर्बनसँग प्रियंकाले सहकार्य गर्दैछिन् । ओटीटी प्लाटफर्म प्राइम भिडियोमा रिलिज हुने यो फिल्मको निर्देशन फ्र्यांक ई फ्लावर्सले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी–पहिरो प्रभावित हुम्लाको नाम्खा गाउँपालिका ६ तिलगाउँमा तत्काल उद्धार

काठमाडौँ, ५ जेठ । सामुदायिक विद्यालयका शिक्षकले राजनीतिक दल वा दलसँग आबद्ध संगठनको सदस्य लिएमा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा, राजनीतिक

काठमाडौँ, ५ जेठ । विधायिकी भूमिकामा रहेका सांसदले आर्थिक परिचालन गर्दा शक्ति पृथकीकरणको सिद्धान्तविपरीत हुने भन्दै सर्वोच्च अदालतले समेत रोक

काठमाडौँ, ४ जेठ । सम्पत्ति शुद्धीकरणको मुद्दामा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् ।