राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसद्लाई जानकारी गराउन माग

काठमाडौँ, ४ असार । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे संसद्लाई जानकारी नगराएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । हालै राष्ट्रपति रामचन्द्र पौडेलको जारी जर्मन भ्रमण र प्रधानमन्त्री दाहालको केही दिनअघि सम्पन्न भारतबारे संसद्लाई जानकारी नगराएकोमा आपत्ति जनाएका हुन् । 

आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले राष्ट्रप्रमुख र सरकार प्रमुखको भ्रमणबारे संसद्लाई जानकारी गराउने परम्पराको अन्त्य नगर्न पनि सरकारलाई सचेत गराए ।  उनले भने, ‘अहिले सम्माननीय राष्ट्रपति जर्मनको भ्रमणमा हुनुहुन्छ । केही समय अगाडि सम्माननीय प्रधानमन्त्रीज्यू भारत भ्रमण सकेर स्वदेश फर्कनुभयो । उहाँ फर्केपछि संसद्को बैठक ६ पटक बसिसक्यो । तर यी दुवै भ्रमणको बारेमा औपचारिक रूपमा संसद्लाई जानकारी गराइएको छैन । राष्ट्राध्यक्ष र सरकार प्रमुखले गर्ने विदेश भ्रमणको बारेमा संसद्लाई जानकारी गराउने परम्परालाई अन्त्य नगरियोस् । म ध्यानाकर्षण गर्न चाहन्छु ।’

सांसद पौडेलले वृद्धवृद्धा र अपाङ्गता भएकाहरूलाई घरघर राष्ट्रिय परिचय पत्र वितरणको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए । ‘राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले श्रावण मसान्तसम्म राष्ट्रिय परिचय पत्र दिने सूचना जारी गरेको छ । अहिले ग्याँसको सिलिन्डर बोकेर वृद्धवृद्धाहरु, अपाङ्गता भएका व्यक्तिहरू सिडिओ कार्यालय पुग्नुभएको छ । म गृह मन्त्रालयलाई अनुरोध गर्न चाहन्छु–वृद्धवृद्धा समस्या भएका र अपाङ्गता भएका व्यक्तिलाई घरघरमा नै परिचय पत्र दिने व्यवस्था गरियोस्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० वैशाख । चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि पक्राउ परेका रवीन्द्र मिश्र, दुर्गा प्रसाईंलगायतलाई थप पाँच दिन

काठमाडौँ, ३० बैशाख । जेठ ६ गते संसदमा प्रधानमन्त्री सँग प्रश्नोत्तर हुने भएको छ । उक्त दिन सांसदहरुले प्रत्यक्ष रुपमा

काठमाडौँ, ३० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको आज

काठमाडौँ, ३० बैशाख । नागरिक उन्मुक्ति पार्टीकी सांसद रञ्जिता श्रेष्ठले भूमिहीनलाई भूमि दिन सरकारसँग माग गरेकी छन् । आज प्रतिनिधिसभामा विशेष