उत्तर कोरियासँग सम्झौतापछि पुटिन भियतनाम जाने

एजेन्सी, ४ असार । रुसविरोधी पश्चिमा गठबन्धन सक्रिय भएका बेला त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिन आजदेखि उत्तर कोरियाको दुईदिने भ्रमणमा निस्कने भएका छन् ।

उनको भ्रमणबारे चर्चा भइरहे पनि पुष्टि भएको थिएन । क्रेमलिनले सोमबार अबेर यो भ्रमणको पुष्टि गरेको छ । दुई दशकपछि उत्तर कोरियामा उनको भ्रमण हुन लागेको हो । उनी यसअघि सन् २००० मा उत्तर कोरिया भ्रमणमा गएका थिए ।

उत्तर कोरिया पनि पश्चिमा शक्तिले पृथक् गरेको रुसजस्तै अर्को देश हो । यो भ्रमणपछि मस्को र प्योङयाङले आपसी सहयोग बढाउने सहमति गर्ने जनाइएको छ । उत्तर कोरिया भ्रमणका क्रममा दुवै देशका नेताले नयाँ रणनीतिक साझेदारीका निम्ति हस्ताक्षर गर्ने रुसी अधिकारीले जनाएका छन् । उत्तरपूर्वी एसियामा स्थिरताका निम्ति उक्त साझेदारी महत्त्वपूर्ण हुने ती अधिकारीको भनाइ छ ।

यसले रुस र उत्तर कोरियाबीच सन् १९६१, २००० र २००१ मा भएको सम्झौतालाई प्रतिस्थापित गर्ने जनाइएको छ । पुटिन उत्तर कोरियापछि आउँदो बुधबार भियतनामको दुईदिने भ्रमणका निम्ति हनोई जाने समेत क्रेमलिनले जनाएकोे छ । सीएनएन

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्