साउदी अरबमा गर्मीका कारण १४ हजयात्रीको मृत्यु

काठमाडौँ, ३ असार । साउदी अरबमा अत्यधिक गर्मीले हजका क्रममा जोर्डनका कम्तीमा १४ जना नागरिकको मृत्यु भएको छ । यसको जानकारी जोर्डनका अधिकारीहरूले दिएका हुन् ।

 जोर्डनको विदेश मन्त्रालयका अनुसार लू लागेर १४ जोर्डन नागरिकको मृत्यु भएको छ । अरू १७ जना बेपत्ता रहेको बताएको छ । बेपत्ताहरूको खोजी कार्य जारी रहेको छ ।

परिवारको इच्छा अनुसार मृतकका शव गाड्ने वा स्वदेश फिर्ता गर्ने प्रक्रियामा साउदी अधिकारीहरूसँग छलफल भइरहेको बताइएको छ । हज संसारको सबैभन्दा ठुलो धार्मिक कार्यक्रममध्ये एक हो । साउदी अधिकारीका अनुसार यो वर्ष १८ लाखभन्दा बढीले हजमा भाग लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ वैशाख । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको विदेश भ्रमण रद्द भएको छ । अन्तिम समयमा उनको भ्रमण रद्द भएको

रौतहट, वैशाख ३१ गते । रौतहटको १८ वटा स्थानीय तहमध्ये छ वटाको आर्थिक कारोबार बन्द गरिएको छ । विद्युतीय भुक्तानी

काठमाडौँ, ३० वैशाख । चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि पक्राउ परेका रवीन्द्र मिश्र, दुर्गा प्रसाईंलगायतलाई थप पाँच दिन

काठमाडौँ, ३० बैशाख । जेठ ६ गते संसदमा प्रधानमन्त्री सँग प्रश्नोत्तर हुने भएको छ । उक्त दिन सांसदहरुले प्रत्यक्ष रुपमा