पोखरा, ३ असार । विगतदेखी नै चरम गुटमा फसेको कास्की एमालेमा संस्थापन पक्षले नै चरम गुटवन्दी गरेको छताछुल्ल भएको छ । त्यसको नमुना केही दिन अगाडि गण्डकी प्रदेश सभाका सदस्य तथा पार्टीका केन्द्रीय सल्लाहकार परिषदका सदस्य गणेशमान गुरुङलाई अंकुष लगाउने काम गरिएको छ । पोखरा महानगरपालिका र पालिका अधिवेशनमा आफ्नो पक्षलाई सहयोग नगरेको नाममा सांसद गुरुङलाई स्पष्टीकरण सोधिएको छ ।
यो नितान्त प्रतिसोध साध्ने र अरुलाई तर्साउने काम संसदीय दलका नेताले गरेको एमालेकै नेताहरुले बताउने गरेका छन् । पछिल्लो समय कास्कीका कतिपय पार्टी प्यालेसमा गुटका भेलाहरु गर्दै पार्टी स्थायी कमिटीका सदस्य खगराज अधिकारीले पार्टी अन्य नेताहरुको नाम लिदै गालि गलौजमा उत्रिएको भन्दै एमाले नेताहरुको गुनासो गरिरहेका छन् ।
एमाले नेता माधव बास्तोलाले भने, ‘हिजो मात्र रोयर महल पार्टी प्यालेसमा आफू निकट महिलाहरुलाई भेला गरि आफुहरुसंग एमालेको प्याटेन राईट भएको, हाम्रोविरुद्ध वोल्नेलाई भिम रावल बनाउने भन्दै कार्यकर्ताहरु तर्साउन थाल्नु भएको छ । यो गलत कुरा हो । कमरेडलाई हाम्रो अनुरोध छ । जिल्ला, महानगर तपाईंको समुहले नै सबै जितेको छ । पार्टी चलाउनु होस्, गुट हैन । भन्नू होस् हामीले के सहयोग गर्नुपर्छ रु हामी गर्न तयार छौ । यस्तो पाराले मिसन ८४ पूरा हुँदैन । नाङ्गो गुट बन्दिले पार्टी कामलाई कदापि राम्रो गर्दैन । जितको मातले हौसिएको यो टोलि पोखरा महानगर कमिटीको पहिलो बैठकमा नै सदस्यीयहरुलाई गुट भन्दा बाहिर कोहि जान्छ भने त्यसको हिसाब किताब हुन्छ भन्दै थर्काउने र धम्क्याउने काम भएको छ ।’
गुटबन्दी नेतामा मात्र सिमित नभई टोल टोलसम्म पुगेको भन्दै एमालेका कार्यकर्ता तथा सुभचिन्तकहरु दुखित भएका छन् । पार्टीले लिएको महान लक्ष्य पुरा गर्न यस्ता गतिविधिले रोक्नुपर्ने माग उनीरुको रहेको छ । अर्का एक एमाले नेताले भने, ‘पार्टी होस् या सरकार संचालन गर्दा सबैलाई समेटेर लानुको सट्टा धम्क्याउने, धर्काउने र बिपक्षीको व्यवहार गर्ने काम नेतृत्वबाट हुनुले पार्टी निर्माण कदापि हुन सक्दैन । अबसर दिदा आफ्नो गुटकालाई मात्र दिने काम भएको छ । यसले गर्दा पनि नेतृत्व निर्मम छ भन्ने बुझिन्छ । यदि गुटबन्दीको कारणले माननीय गणेशमान गुरुङलाई यो हरकत गरिएको हो भने यो सैह्य हुन सक्दैन । यसको प्रतिवाद हुन्छ ।’
स्पष्टीकरण सोध्नु भन्दा पहिला नै सूचना समाचार माध्यम जानू दलको मूल्य, मान्यता र आचारसंहिता विपरित रहेको भन्दै यस्ता गतिविधि गर्नु आफैमा दलीय अनुशासनविरुद्धको काम भएको एमाले नेताहरुको बुझाई रहेको छ । यसै क्रममा नेता बाँस्तोलाले भने, ‘नेतृत्व संयमित हुनु जरुरी छ । गुटबन्दी रोक्न आबश्यक छ । पार्टीको काम पार्टी कार्यालयबाट नै होस् । अन्य अमुक ठाउँमा पार्टी नेताहरु, जिल्ला अध्यक्ष, महानगरको अध्यक्ष भेला भएर नेतृत्वको विरोधमा कार्यकर्ताहरुलाई तयार गर्नु कतापि राम्रो काम हैन । यस्तो गतिविधिले पार्टी निर्माण हुन सक्दैन । गुटबन्दी मौलाउने मात्र हो । कास्की जिल्ला कमिटीले जारी गरेको पहिलो सर्कुलरको निर्णय नं ७ मा नेतृत्वको बर्खाई, पार्टीको विरोधी गतिविधि नगर्न भन्दै अंकुश लगाउने निर्णय गर्छ, आफै यस्ता गतिविधि गर्दै हिड्छ । यस्तो कामले पार्टी कामलाई टेवा पुर्याउछ तरु कमरेडहरु आफुले गरेको निर्णय प्रती उत्तरदायी त हुनुहोस् । कि यो निर्णय निर्वाचनमा हारेको पक्षलाई मात्र हो रु तपाईंहरुलाई लागू हुँदैन । यस्ता प्रतिसोधपूर्ण काम रोक्नको लागि जिम्मेवार कमरेडहरुलाई अनुरोध गर्दछौं ।’