शान्ति वार्ताका लागि जेलेन्स्कीले राखे शर्त

एजेन्सी, ३ असार । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले युक्रेनको क्षेत्राधिकारबाट बाहिरिएमा भोलि नै शान्ति वार्ताका लागि तयार रहेको बताएका छन् ।

‘पुटिनले युद्ध अन्त्य गर्दैनन् र उनलाई रोक्नु पर्छ, चाहे सैन्य कारबाही वा कूटनीतिक माध्यमबाट,’ जेलेन्स्कीले स्विट्जरल्याण्डमा युक्रेनले आयोजना गरेको शान्ति शिखर सम्मेलनको अन्त्यमा भने।

यसअघि इटाली र जर्मनीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि राखेका शर्त अस्वीकार गरेका थिए । पुटिनले युक्रेनमा युद्ध रोक्न दुईवटा शर्त राखेका थिए । पहिलो, युक्रेनले डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरोज्यबाट आफ्ना सेना फिर्ता गर्नुपर्नेछ। दोस्रो, युक्रेन नेटोमा सामेल हुने छैन।

इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शान्ति योजनालाई प्रोपागाण्डा भनेकी छन् । जर्मनीका चान्सलर ओलाफ स्कोल्ट्जले यो ‘तानाशाहको शान्ति’ भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका