बकर इदले एकताको सन्देश दिन सफल हुनेछ : सभापति देउवा

काठमाडौँ, ३ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  ‘बकर इद (इद उल अजहा)’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वास व्यक्त गरेका छन् । देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना प्रकट गरेका हुन् ।

’नेपाल-प्राचीन कालदेखि विभिन्न जात, जातिहरूको बसोबासको संगम स्थल रहेकोले यहाँ विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाँडपर्व रूको आफ्नो बेग्लै विशेषता छ र सबैलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ,’  देउवाले सन्देशमा भनेका छन्, ‘इस्लाम धर्मावलम्बीहरूले “बकर इद (इद उल अजहा)” लाई पवित्र पर्वका रूपमा मनाउँदै आएका छन् ।’ 

यो पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको र यसले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने देउवाको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । नेकपा (माओवादी केन्द्र) ले शिक्षकहरूले एक महिनादेखि विभिन्न माग राखेर गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बस्नका लागिमात्रै सरकार नबनेको बताएका छन् । आज काठमाडौँमा भएको एक

काठमाडौँ, १५ बैशाख । नेकपा (एमाले)का सांसद सूर्य थापाले शिक्षामन्त्री रघुजी पन्तलाई शिक्षा विधेयकबारे संसद्‌बाट जानकारी गराउन माग गरेका छन् ।

काठमाडौँ, १५ वैशाख । लगानी बोर्डले रणनीतिक कार्ययोजना स्वीकृत गरेको छ । बोर्ड कार्यालयको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली नियुक्त भएपछि