जित नजिक थियौँ, तर अझै पर बन्यौँ : कप्तान पौडेल

काठमाडौँ, १ असार । आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध एक रनले पराजित भएपछि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले टिम जितको निक्कै नजिक भए पनि केही पर बनेको बताएका छन् । 

आज बिहान वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो । ११६ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपालले निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाएर ११४ रनमात्र बनाएपछि एक रनको साँघुरो हार व्यहोरेको हो ।

उनले भने, “म मेरो टिमप्रति गौरवान्वित छु । विशेषगरी जसरी हामी बलिङ र ब्याटिङ गर्यौं । हामीले हिजो यो पिच देखेका थियौँ र यहाँ केही स्लो हुने अनुमान थियो । हामीलाई यस पिचमा स्पिनरलाई सहज हुने लागेर कुशल भुर्तेललाई बलिङमा ल्याएका हौँ,” “हामी निक्कै नजिक थियौँ तर, अझै पनि केही पर भयौँ । हामीले अन्तिम समयमा राम्रो गर्न सकेनौँ । तर पनि राम्रो प्रतिस्पर्धा गर्यौं । यस्तै खाले आगामी खेलमा हामी जित निकाल्ने टिम बन्नेछौँ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः