शिक्षक सरुवा मापदण्ड खारेज गर्न माग

काठमाडौँ, ३१ जेठ । स्थानीय सरकारहरूले केन्द्रले निर्माण गरेको शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ तत्काल खारेज गर्न माग गरेका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घ र नगरपालिका महासङ्घले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै उक्त निर्देशिका खारेजीको माग गरेको हो । 

शिक्षा मन्त्रालयले २०८१ जेठ १३ गते एक निर्देशिका जारी गरेको  थियो । ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ का सम्बन्धमा स्थानीय सरकारका सङ्घ/महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।  नेपालको संविधानले आधारभूत तथा माध्यमिक शिक्षालाई स्थानीय सरकारको एकल अधिकारको सूचीमा राखेको सर्वविद्धितै छ’ संयुक्त विज्ञप्तिमा भनिएको छ- ‘सङ्घीय शिक्षा विधेयक संसद्‌मा विचाराधीन रहेको अवस्थामा सम्बन्धित संसदीय समितिलाई सरोकारवालाहरूसँग छिटो परामर्श गरी स्वीकृतिको लागि संसद्‌मा पेस गर्न सहजीकरण गर्नुपर्नेमा उल्लिखित निर्देशिका २०२८ सालको शिक्षा ऐनको प्रभावमा विद्यालय शिक्षालाई केन्द्रीकृत रूपमा नै सञ्चालन गर्न खोजिएको कार्य संविधान विपरीत छ ।’ 

उनीहरुले संविधानतः आधारभूत र माद्यामिक शिक्षा स्थानीय सरकारको एकल अधिकारमाथि हस्तक्षेप हुनेगरी केन्द्रीकृत रूपमा नै विद्यालय सञ्चालन गर्ने गरी ल्याइएको शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ तत्काल खारेज गर्न भनेका छन् । 

जारी भएको निर्देशिका कार्यान्वयन नगरी संविधान र गाउँ/नगरसभाबाट जारी भएको स्थानीय शिक्षा ऐन बमोजिम कार्यसम्पादन गर्न सबै ७ सय ५३ स्थानीय सरकारहरूमा सङ्घ महासङ्घले आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने