सलमानलाई आरोपीबाट हटाउन अदालतको आदेश

काठमाडौँ, २९ जेठ । बलिउड अभिनेता सलमान खानको गत अप्रिलमा बान्द्रास्थित घर बाहिर बन्दुक फायरिङ भएको थियो । घटनाका सम्बन्धमा क्राइम ब्रान्चले अनुज थापनसहित फायरिङमा संलग्न दुई आरोपी विक्की गुप्ता र सागर पाललाई गुजरातमा पक्राउ गरेको थियो ।

यद्यपि मे १ मा अनुजको प्रहरी हिरासतमै मृत्यु भएको थियो । उनको शव क्राइम ब्रान्चको शौचालयमा भेटिएको थियो । घटनापछि अनुजकी आमा रीता देवीले सलमानविरुद्ध उजुरी दर्ता गरेकी थिइन् । अहिले अदालतले सुनुवाइका क्रममा सलमानको नाम उजुरीबाट हटाउन आदेश दिएको छ ।

गत सोमबार न्यायाधीश रेवती ढेरे र श्याम चन्दको बेन्चले सलमानको नाम उजुरीबाट हटाउने फैसला गरेको छ । ‘उनको नाम उजुरीबाट हटाउनु । यो मामलामा सलमानविरुद्ध केही पनि छैन भने उनलाई प्रतिवादी बनाउनुको अर्थ के ?’ आदेशमा भनिएको छ । ‘तपाईं आफ्नो छोराको मृत्युबाट चिन्तित हुनुहुन्छ । यसलाई अदालतले हेर्नेछ । तर उजुरीमा प्रतिवादी बनाउनुको कुनै अर्थ छैन’, आदेशमा उल्लेख छ । अनुजलाई अप्रिल २६ मा पन्जाबबाट आरोपीलाई हतियार उपलब्ध गराएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले अनुजले आत्महत्या गरेको भने पनि उनकी आमा रीताले भने छोराको आत्महत्या नभई हत्या भएको दाबी गर्दै आएकी छन् । उनले यो मामलामा सीबीआईबाट अनुसन्धान हुनुपर्ने माग गरेकी थिइन् । उजुरीमा अनुजमाथि प्रहरीले हिरासतमा धेरै कुटपिट गरेको र उसलाई यातना दिइएको उल्लेख थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

काठमाडौँ, ११ असार । आज २०८१ साल असार ११ गते मंगलबारको राशिफल ।  मेष : समय रमाइलो छ। थोरै श्रम गरेर धेरै

काठमाडौँ, १० असार । आगामी २३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थल कार्यालयले धावनमार्ग

काठमाडौँ, १० असार । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।