चिनियाँ पार्कमा चार अमेरिकीमाथि चक्कु प्रहार

एजेन्सी, २९ जेठ । चीनको एउटा पार्कमा अमेरिकी नागरिकहरूमाथि चक्कु प्रहार भएको छ । उत्तर पूर्वी चीनको चिलिन प्रान्तस्थित एक पार्कमा सोमबार सो हमला भएको बताइएको छ ।

हमलामा पर्ने चारै जना अमेरिकीहरू आईओवा विश्वविद्यालयका शिक्षकहरू भएको अमेरिकी सञ्चार माध्यम र अमेरिकाको सरकारी अधिकारीहरूले बताएका छन् । पीडितमध्ये एक आफ्नो भाइ भएको आईओवाका प्रतिनिधि एडम जाब्नरले रोयटर्सलाई भनेका छन् । चिलिन सहरमा रहेको एक मन्दिरमा जाने क्रममा भाइ डेभिड जाब्नरमाथि आक्रमण भएको र हातमा चोट लागेको उनले बताएका छन् ।

घटनाको समयमा जाब्नरको समूह बेइशान पार्कमा रहेको एक मन्दिरमा गएका थिए । आक्रमणको उद्देश्य अज्ञात रहेको बताइएको छ । सोमबार माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा भिडियो हालिएको थियो । सो भिडियोमा रक्तमा लतपत भएका मानिसहरूको एक समूहमा चौरमा पल्टिरहेको देखिन्छ । तर चिनियाँ सामाजिक सञ्जालमा भने यस घटनासँग सम्बन्धित तस्बिरहरू भेटिएका छैनन् । पर्खालको भित्तामा लेखिएको चिनियाँ अक्षरहरू हेरेर रोयटर्सले घटना भएको ठाउँ पत्ता लगाएको थियो । यो भिडियो कहिले सुट भएको हो भन्ने चाहिँ रोयटर्सले पुष्टि गरेको छैन । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । आज दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने