राष्ट्रसङ्घीय सुरक्षा परिषदको बैठकमा इजरायल–गाजा युद्धविराम प्रस्ताव पारित

एजेन्सी, २९ जेठ । संयुक्त राष्ट्र सुरक्षा परिषदले इजरायल–गाजा युद्धविराम प्रस्तावलाई समर्थन गर्दै पारित गरेको छ । प्रस्तावमा सबै बन्धकहरूको तत्काल र निःशर्त रिहा गर्न माग गरिएको छ । सुरक्षा परिषदमा रहेका १५ सदस्य देशहरुमध्ये १४ वटाले युद्धविराम गर्नपर्ने भन्दै समर्थन गरेको बीबीसीले जनाएको छ ।

अमेरिकाले अघि सारेको युद्धविरामको प्रस्ताव बहुमतले पारित भएपछि अमेरिकी राजदूत लिण्डा थोमस ग्रिनफिल्डले इजरायल र हमास दुवैलाई विनाशर्त युद्धविराम गर्न अपिल गर्नुभएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले मे ३१ मा युद्धविराम गर्न राखेको प्रस्ताव इजरायलले स्वीकार गरिसकेको छ । तर लागू भएको छैन ।

संयुक्त राष्ट्रसङ्घकाअनुसार गाजामा तीन चरणमा युद्धविराम लागु गर्ने उल्लेख छ । यसबारे युद्धविरामका लागि मध्यस्तकर्ताको भूमिकामा रहेको कतारले हमासलाई जानकारी गराईसकेको छ । पहिलो चरणमा बन्धक बनाइएकाहरुलाई रिहा गर्ने र बन्धक भएकै अवस्थामा ज्यान गुमाएकाहरुको शव फर्काउने उल्लेख छ । यस्तै इजरायली सेना गाजा क्षेत्रबाट हट्न शुरु गर्ने, युद्धका कारण विस्थापित भएकाहरुलाई आफ्नो घर फर्किन दिने र सुरक्षित रुपमा मानवीय सहायता पुर्‍याउने प्रस्ताव छ । दोस्रो चरणमा युद्धको स्थायी अन्त्य गर्दै कोही बन्धक बाँकी भए तिनलाई रिहा गर्ने र इजरायली सेना गाजाबाट पूर्णरुपमा हट्ने प्रस्ताव छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असार । राष्ट्रिय युवा संघ नेपालले राष्ट्रिय वृक्षारोपण दिवस तथा ७५औँ मदन जयन्तीको अवसरमा सञ्चालन गर्ने एकमहिने बृहत्

काठमाडौँ, १४ असार । नेकपाका नेता झलनाथ खनालले कम्युनिस्ट एकताको विकल्प नभएको बताएका छन् । आज जननेता मदन भण्डारीको ७५

काठमाडौँ, १४ असार । मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान प्रदान

काठमाडौँ, १४ असार । प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ । आज बसेको संसद बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको