प्रधानमन्त्री प्रचण्ड र भारतका नवनियुक्तमन्त्री जयशङ्करबीच भेटवार्ता

काठमाडौँ, २८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त सङ्घीयमन्त्री एस जयशङ्करले शिष्टाचार भेट गरेका छन् । 

प्रधानमन्त्री प्रचण्ड बसेको होटल ताजमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको हो । 

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भारतको मन्त्री पदमा नियुक्त भएकोमा जयशङ्करलाई हार्दिक बधाई एवं कार्यकालको शुभकामना व्यक्त गरे । उनले आगामी दिनमा दुई देशबीच रहीआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । 

त्यसैगरी मन्त्री जयशङ्करले प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुनुभएकोमा प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले दुई देशबीच भएका सम्झौता एवं समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको र सन्तोषजनक प्रगति भइरहेको जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । पोखरास्थित फेवा तालबाट एसएलआर बन्दुक र १८ राउण्ड गोली प्रहरीले बरामद गरेको छ । जाल हान्ने

काठमाडौँ, १ फागुन । मोरङमा एक जना पुरुष मृत फेला परेका हुन् । प्रहरीक अनुसार उर्लाबारी नगरपालिका–७ स्थित मावाखोलामा सोही

काठमाडौँ, १ फागुन । दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देबलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको

काठमाडौँ, १ फागुन । रौतहटमा नक्कली नेपाली हजार दरका १४ थान नोटसहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय