एजेन्सी, २८ जेठ । इजरायलका युद्ध क्याबिनेट मन्त्री बेनी गान्ट्जले राजीनामा दिएका छन् । गान्ट्जल देशको आपतकालीन सरकारको मन्त्रीबाट राजीनामा दिएका हुन् ।
यस कदमलाई युद्धपछि गाजाको विषयमा प्रधानमन्त्री बिन्यामिन नेतन्याहुको योजनालाई लिएर दुईबिचको मतभेदको गहिराइ रहेको सङ्केतको रुपमा हेरिएको छ । गान्ट्जले आइतबार तेल अभीभमा पत्रकार सम्मेलन गर्दै आफ्नो राजीनामाको घोषणा गरे । आफूले यो निर्णय ‘भारी मनका साथ’ लिएको उनको भनाई थियो ।
‘दुर्भाग्यवश नेतन्याहुले वर्तमान सङ्कट अन्त्य गर्न आवश्यक रहेको साँचो जीतसम्म पुग्नबाट रोकिरहेका छन्,’ सो अवसरमा उनले भनेका थिए ।