राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ, २७ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

उनले मगध विश्वविद्यालय, बोधगया, भारतबाट बीए उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस परेको पुष्टि भएको भन्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।  

अख्तियार प्रवक्ता नरहरि घिमिरेले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको दाबीसहित उजुरी परेपछि छानबिनका क्रममा चौधरीले नक्कली प्रमाणपत्र पेस गरी राष्ट्रिय अनुसन्धान अधिकृतको बढुवा नियुक्ति लिएको पाइएको बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० जेठ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको हुन पनि नसक्ने प्रस्टीकरण दिएका छन्

काठमाडौँ, ३० जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपाले तीन दलबीचको सहमतिमा हस्ताक्षर नगरेकाले आफ्नो ढंगले जाने

काभ्रेपलाञ्चोक, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूूले पाएको ज्ञानलाई व्यहाहारमा उतार्दै आइपरेका नयाँ

काठमाडौँ, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओली असारको तेस्रो साता स्पेन जाने भएका छन् ।  उनी सेभिल सहरमा असार