अब ६१ मा राजेश हमाल

काठमाडौँ, २७ जेठ । अभिनेता राजेश हमालले आइतबार ६० औं जन्मदिन मनाउँदैछन् ।

पाल्पामा जन्मिएका हमालले मोडलिङ पृष्ठभूमिबाट फिल्म करिअरको थालनी गरे । राजु हुँदै राजेश बनेका उनले करिअरमा २३० फिल्ममा अभिनय गरेका छन् ।

‘युगदेखि युगसम्म’देखि अभिनय करिअर थालेका उनको पछिल्लो फिल्म ‘सीता’ हो । कूटनीतिज्ञ पिता चुडाबहादुर हमाल र आमा रेणुका छोरा राजेश हमालले ५० वर्षको उमेरमा विराटनगरकी मोडल मधु भट्टराईसँग विवाह गरेका थिए ।

जन्मदिनको अवसरमा आइतबार बिहान राजेश र श्रीमती मधुले बूढानीलकण्ठ मन्दिरमा बालबालिकासहित पूजाआजा गरेका छन् । जन्मदिन अवसरमा सामाजिक सञ्जालबाट प्रशंसकले शुभकामना दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने

काठमाडौँ, १० असार । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।

काठमाडौँ, १० असार । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी

काठमाडौँ, १० असार । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गेरुवा गाउँपालिका–३