स्वतन्त्र फिल्ममेकरको चलचित्र सभाद्वारा घोषणापत्र सार्वजनिक

काठमाडौँ, २७ जेठ । राजधानीमा आयोजना गरिएको स्वतन्त्र फिल्ममेकरको चलचित्र सभाले नेपाली फिल्म क्षेत्रको वर्तमान समस्या र समाधानका उपायसहितको घोषणापत्र सार्वजनिक गरेको छ ।

शनिबार आयोजना भएको उक्त सभाले शक्तिशाली चलचित्र आयोग गठन गर्न प्रस्ताव गरिएको छ । वरिष्ठ फिल्मकर्मी नीर शाहले सभामा आयोग गठन र चलचित्र विकास बैंक स्थापनाको प्रस्ताव राखेका थिए ।

आयोग गठनका लागि सरकारलाई दबाब दिने र वरिष्ठ फिल्मकर्मी दीपेन्द्र गौचनको नेतृत्वमा कार्यदल गठन गरेर दबाब प्रक्रिया अघि बढाउने कुरा पनि घोषणापत्रमा उल्लेख छ । वर्तमान चलचित्र विकास बोर्डलाई आयोगमा रुपान्तरण गर्न प्रस्ताव गरिएको छ । सभामा निर्देशक शाहले चलचित्र विकास बोर्ड गठनको प्रारम्भिक सहमति नै आयोग गठन गर्ने कुरामा भएको बताए । आयोग गठन गरिए घरेलु फिल्मका वर्तमान समस्यालाई संरचनागतरुपमै समाधान गर्न सकिने ठहर उनको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया सहजीकरणका लागि एआई कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

काठमाडौँ, २८ बैशाख । आजको प्रतिनिधि सभाको बैठक २ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, २८ बैशाख । एमाले महासचिव शंकर पोखरेलले राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखा पर्न थालेको भन्दै प्रधानन्यायाधीश सिफारिसप्रति

काठमाडौँ, २८ बैशाख । संघीय संसद्को दुवै अधिवेशन आजबाट सुरु हुँदै छ । बैठक दिउँसो २ बजे बस्नेछ ।  राष्ट्रपति रामचन्द्र