मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीमा नरेन्द्र नियुक्त

एजेन्सी, २६ जेठ । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि नियुक्त हुनुभएको छ ।

राष्ट्रपति द्रौपदी मुर्मुले हिजो बेलुका उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । राष्ट्रपतिले  सरकार गठन गर्न औपचारिक रुपमा आह्वान पनि गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसअघि हिजो बसेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को बैठकले मोदीलाई दलको नेतामा चयन गरेको थियो । एनडीएका सांसदहरुले राष्ट्रपतिलाई समर्थन पत्र बुझाएका थिए । मोदीले भोलि बेलुका प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम छ । ७३ वर्षका उहाँको यो ऐतिहासिक तेस्रो कार्यकालको सपथ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा