इजरायलका प्रधानमन्त्रीले अमेरिकी संसद्लाई सम्बोधन गर्ने 

एजेन्सी, २५ जेठ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आउँदो जुलाई २४ मा अमेरिकी संसद्लाई सम्बोधन गर्ने भएका छन् । इजरायल–गाजा युद्ध चलिरहेको बेलामा उनले अमेरिकी संसद्का दुवै सदन सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ (प्रतिनिधिसभा)लाई एकैसाथ सम्बोधन गर्न लागेका हुन् ।

इजरायली प्रधानमन्त्रीको सम्बोधनका सम्बन्धमा रिपब्लिकन र डेमोक्र्याट दुवै सांसदलाई निम्तो गरिएको भए पनि समय भने औपचारिक रूपमा बिहीबारसम्म नतोकिएको जनाइएको छ । गएको महिना अन्तर्राष्ट्रिय अदालतमा उनीसहित उनका रक्षामन्त्री योएभ गालेन्टलाई पक्राउ पुर्जी जारी गर्न आग्रह गर्दै अभियोजकले निवेदन दर्ता गराएका थिए ।

नेतान्याहुले अन्तर्राष्ट्रिय अदालतको गतिविधिको आलोचना गर्र्दै लोकतान्त्रिक इजरायललाई आमहत्यारा हमाससँग तुलना गरेको भन्दै आपत्ति जनाएका थिए । अन्तर्राष्ट्रिय अदालतमा उनी र उनका रक्षामन्त्रीसँगै हमासलाई समेत एउटै मापदण्डमा राखेर पक्राउ पुर्जी जारी गर्न अदालतकै अभियोजकले मुद्दा दर्ता गरेपछि नेतान्याहुले त्यसरी प्रतिक्रिया जनाएका हुन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने निर्णय भएको छ । गत चैत २० मा शिक्षा

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ देखि जिल्ला अधिवेशन प्रारम्भ गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले

काठमाडौँ, ६ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ राईले देशका लागि गर्नुपर्ने बताएका छन्

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुरानो क्रियाशील खारेज गर्ने नभई अद्यावधिक गर्न लागिएको बताएका छन् ।