उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : मन्त्री श्रेष्ठ

काठमाडौँ, २४ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले च्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने बताएकी छिन् ।

मन्त्रालयमा आयोगका पदाधिकारीहरूसँग छलफल गर्दै शिक्षामन्त्री सुमना श्रेष्ठले प्रतिवेदन सार्वजनिक पनि हुने र कार्यान्वयन पनि हुने प्रतिबद्धता जनाइन् । नेपाल सरकारले ३२ असार २०७५ मा २४ सदस्यीय उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको गठन गरेको थियो । उक्त आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनको लागि मन्त्रालयले छलफल गरेको हो ।

उनले भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले मलाई पत्रसहित प्रतिवेदन दिनुभएको छ । तपाईँहरूले सहयोग गर्नुस् । समसामयिक परिमार्जनसहित प्रतिवेदन कार्यान्वयनमा लैजाने हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्याशी

काठमाडौँ, १ फागुन । आज सेयर बजारको परिसूचक नेप्से ७.२६ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६७८ मा कायम

काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप

काठमाडौँ, १ फागुन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।