मेक्सिकोमा महिला मेयरको हत्या

एजेन्सी, २४ जेठ । पश्चिम मेक्सिकोको एक सहरमा महिला मेयरको गोली हानेर हत्या गरिएको छ ।

देशले इतिहासमै पहिलो पटक महिला राष्ट्रपति निर्वाचित गरेको केही घण्टामा सोमबार मिचोआकान राज्यको कोतिजा शहरकी मेयर योलान्दा सान्चेज फिगुएरोआको गोली हानेर हत्या भएको हो । उनी बडीगार्डको साथमा जिमबाट फर्किरहेको समयमा यो घटना भएको बताइएको छ ।

सेतो भ्यानमा आएका मानिसहरूले उनीमाथि गोली प्रहार गरेका थिए । फिगुएरोआ र उनको बडीगार्ड दुबैको अस्पतालमा मृत्यु भएको छ । यस मामिलामा छानबिन भइरहेको बताइएको छ । पछिल्लो आम निर्वाचन मेक्सिको इतिहासको सबैभन्दा धेरै रक्तपातपूर्ण निर्वाचन रह्यो । चुनावी अभियानका क्रममा देशभरमा दर्जनौं उम्मेदवार र आवेदकहरूको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ फागुन । काठमाडौँ महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवद्र्धन गर्न विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ

काठमाडौँ, २ फागुन । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा महिला किन कम भए भनी निर्वाचन आयोगले अध्ययन

कैलाली, २ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार

काठमाडौँ, २ फागुन ।  नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु २०