सांसद शर्माद्वारा सन्दीपलाई अमेरिकाले भिसा नदिएको विषयमा ध्यानाकर्षण 

काठमाडौँ, २४ जेठ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले विश्वकप खेल्न सन्दीप लामिछानेलाई पठाउने गरी भिसा मिलाउन सरकारले नसकेको भन्दै आपत्ति जनाएका छन् ।

आज प्रतिनिधिभा बैठकमा उनले आरोप लागेको बेला शीरमा मुद्दा बोकेर मैदानमा उत्रनु हुँदैन भने पनि अहिले  अदालतले सफाइ दिइसकेको बताए ।  

“सम्मानित अदालतले निर्दोष सावित गरेपछि यस बेला सन्दीप लामिछाने हाम्रो प्रतिनिधित्व गरेर मैदानमा खेलेको हुनुपर्थ्योे,” उनले भने, “उनको भिसाका लागि सरकारले उचित पहल समयमै गर्नुपर्थ्यो, यसमा कमजोरी कहाँ किन भयो ? खेलकुद, परराष्ट् र समग्र सरकारको यसबारे ध्यानाकर्षण गराउँछौँ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने

काठमाडौँ, १० असार । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।

काठमाडौँ, १० असार । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी

काठमाडौँ, १० असार । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गेरुवा गाउँपालिका–३