विद्यालयमा गर्मी बिदा बढाइयो

काठमाडौँ, १९ जेठ । अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ । उपमहानगरपालिकाले आगामी असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको छ । 

अत्यधिक गर्मी र ‘लु’ले पठनपाठनमा समस्या भएपछि यही जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय भएको पालिकाका महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिनुभयो । यसअघि नेपालगञ्ज उपमहानगरपालिकाले यही जेठ १५ देखि १८ गतेसम्म गर्मी बिदा दिएको थियो । 

उपमहानगरपालिकाको शिक्षा महाशाखाको क्यालेन्डरमा भने यस वर्ष जेठ २७ देखि असार १४ गतेसम्म गर्मी बिदा दिने उल्लेख छ । नेपालगञ्ज उपमहानगरपालिका भित्रका विद्यालयमा असार ९ गतेदेखि पठनपाठन हुने बताइएको छ । केही दिन अघि नेपालगञ्जको अधिकतम तापक्रम ४४ दशमलव २ डिग्री सेल्सियससम्म मापन भएको थियो । गर्मीका कारण यहाँको जनजीवन कष्टकर बनेको  छ । 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सामाजिक सञ्जाल टिकटकमा फेक आईडी बनाएर गाउँकै व्यक्तिहरूको फोटो तथा भिडियो अश्लील गीतमा जोडेर प्रसारण गरेको

काठमाडौँ, १२ कार्तिक । झन्डै दुई सातासम्म बक्स अफिसमा दबदबा कायम राखेपछि दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ को कमाइ

काठमाडौँ, ११ कार्तिक । कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा आफूविरुद्ध चलाइएको ‘बहिष्कार’ अभियानप्रति आपत्ति जनाएका छन् ।  आफ्नो सामान्य भनाइलाई केही

काठमाडौँ, ११ कार्तिक । फिल्म ‘कलेजी’को छायांकन सुरु भएको छ । सिक्किमबाट चलचित्रको छायांकन सुरु गरिएको हो । निर्देशक नवीन चौहानले सिक्किमको