काठमाडौँ, १७ जेठ । काभ्रेको बनेपामा बास्केटबल प्रतियोगिता हुने भएको छ ।
काभ्रे बास्केटबल सङ्घको आयोजनामा जेठ २६ गते बास्केटबल प्रतियोगिता हुने भएको हो । देशभरका २० भन्दा बढी टिमको सहभागिता ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको प्राङ्गणमा प्रतियोगितामा हुने कार्यक्रम संयोजक शिव थापामगरले जानकारी दिए ।
एकदिवसीय खेलमा विजेता टिमलाई नगद २५ हजार र दोस्रो हुने टिमलाई १५ हजार नगदका साथै विभिन्न पुरस्कार प्रदान गरिनेछ ।






