रविसँग आत्तिएको कांग्रेस

उपेन्द्र केसी

सत्ता वर्हिगमनको भोली पल्टैदेखि कांग्रेसले सुरु गरेको रोइलो अहिलेसम्म सकिएको छैन । वर्हिगमनको पीडाको घाउँ झनपछि झन कांग्रेसको आन्तरिक जीवनमा बल्झिरहेको छ । लोकतान्त्रिक पार्टी भएको दावी गर्ने कांग्रेस अलोकतान्त्रिक हर्कत र चरित्र प्रर्दशित गरिरहेको छ ।

उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेर संसदीय समिति बनाउनु पर्ने मागमा उ अर्थात कांग्रेस अडिरहेको छ । सोही विषय उठाएर संसदमा कांग्रेसले गाइजात्रा देखाएको लामो समकय भैसकेको छ । तर पनि कांग्रेस आफ्नो विषय र मागबाट एक इञ्च पनि पछि हटेको छैन । सबैलाई थाह छ, सत्ता समिकरणको बेलामा काग्रेसले रविलाई प्रधानमन्त्रीको प्रस्ताब गरेको थियो । त्यो प्रस्ताब उनले अस्वीकार गरेकै कारण नै कांग्रेस रविसंग रन्थनिएको हो । कांग्रेसको अनुमान थियो रविले उनीहरुको प्रस्ताव स्वीकार छन । तर, रविले उनीहरुको प्रस्ताब अस्वीकार गरिदिएपछि रविमाथि कांग्रेस आगो भएर खनिएको हो । कांग्रेस आफै गठबन्धन सरकारमा सहभागी भएको वेलामा किन रविलाई सहकारीको ठगी प्रकरणमा कारवाहीको प्रक्रिया अघि बढाएन । त्यतिवेला पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले आफू माथि प्रश्न उठेकाले छानविन प्रक्रिया अघि बढाउन तत्किालिन सरकारलाई सबैले सुन्ने गरी आग्रह गरेका थिए । तर, त्यतिवेला सरकारमा सहभागी भएको कांग्रेसले सुनेको नसुनै गरेको होइन र ? अहिले रविले सहकारीमा ठगी गरेको भनेर आकाश नै खसे झै चिच्यिाउने कांग्रेसीहरु त्यतिवेला के हेरेर बसेका थिए, वा कहाँ लुकेर बसेका थिए ? त्यतिवेला यो विषयलाई लिएर एउटै कांग्रेस कराएको सुनिएन ?तर, अहिले यही विषयलाई लिए । कांग्रेस सडक–सदनमा रवि विरुद्ध विलाप गर्दै हिडिरेहेको छ ।

सरकारको गठबन्धन फेरिएको भोलीपल्टैबाट सरकारलाई चल्नै नदिने कसम खाएर कांग्रेस लागिरहेको छ । कांग्रेस लामो समयदेखि सदनलाई बन्धक बनाएर दुनियाँलाई तमासा देखाइरहेको छ । यसो भनूँ ,देशको राजनीति गतिरोध गर्ने ठेक्का उसले पाएको छ । सरकारलाई विश्वासको मत दिन समेत वाधा पु¥याउने कांग्रेसले अलोकतान्त्रिक चरित्रको हद नै पार ग¥यो । नीति तथा कार्यक्रममा त्यतिकै अवरोध पु¥याइरहेको छ । तैपनि कांग्रेसको अलोकतान्त्रिक चरित्रमाथि कसैले पनि टिप्पणी गर्न हुँदैन । उसले राणा र राजालाई नसहेको भन्दै कांग्रेसको विषयमा नबोल्न रवाफ देखाउँछ । विचरा कांग्रेसलाई समयको यो छेउमा आएर राणा र राजाको नाम भजाएर अबको खेती चल्दैन भन्ने कुरा कसले सम्झाओस ।

झनपछि झन कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी बीचको दुरी बढ्दै गएको छ । उनीहरु बीचको सम्बन्ध एक आपसमा भेट्न र मिल्न नसक्ने खोलाका दुई किनाराको जस्तो अवस्थामा पुगेको छ । कांग्रेसलाई सरकारबाट माओवादीका अध्यक्ष प्रचण्डले किनारा लगाृएका हुन । तर, कांग्रेसको निशाना प्रचण्ड तर्फ होइन, लामिछाने तर्फ सोझिएको छ । लामिछाने कै कारण सरकारबाट आफ्नो पार्टी खेदिएको झै गरेर किन कांग्रेसको नेतृत्व रवि माथि एकोहोरो रिस पोखिरहेको छ ? यसको चितबुझ्दो र सार्वजनिक जवाफ कांग्रेसको नेतृत्वसंग पनि छैन । त्यसोत सुईको समेत नदिई प्रचण्डले सरकारको गठाबन्धनबाट कांग्रेसलाई खेदेका हुन । कांग्रेसको गोदावरी महासमितिको वैठकको थकाई समेत मरेको थिएन । अब कांग्रेस एक्लै अघि बढ्छ भनेर गोदावरीमा गगनले चिच्चाएको स्वर राम्रोसंग बसेको समेत थिएन । उता, कांग्रेसलाई प्रचण्डले एक्लै पारिदिए । अहिले कांग्रेस एक्लै पर्नु परेको पीडाले छट्टपटाएको छ । कांग्रेसको आक्रोस सिधा प्रचण्डमाथि हुनु पर्ने हो ? तर २१ सिटे नयाँ पार्टी रास्वपा विरुद्ध खनिएको छ ।

उसको अर्थात कांग्रेसको सभापति लामिछाने माथिको आक्रोस आवश्यकता भन्दा बढी देखिएको छ । एकोहोरो गृहमन्त्री लामिछाने माथि कांग्रेसले विरोधलाई केन्द्रित गरिरहेको छ । किन कांग्रेसको नेतृत्व रविलाई देखेर छट्टपटीएको छ ? यसका पछाडी के–के कारणहरु हुन सक्छन ? यो खोजीको विषय बन्न पुगेको छ । किन कांग्रेस रविको नाम नै सुन्न चाहदैन ? र, रविलाई एकोहोरो निषेध गरिरहेको छ । सबैलाई थाह छ , कांग्रेसका नेताहरु अनियमितता र भ्रष्टाचारका अनेकन काण्डमा मुछिदै आएका छन । कतै गृहमन्त्री समेत रहेका रविले ती फाइल खोलिदिने पो हुन कि भन्ने डरले कांग्रेसको नेतृत्व तर्सिरहेको त होइन? त्यसै कारण पनि उसले रविलाई छेकिराखेको वा अलमलाईरहेको पो हो कि ? लामो इतिहास वोकेको देशको सबै भन्दा पुरानो कांग्रेस पार्टी किन भर्खरै जन्मिएको पार्टीसंग डराइरहेको छ ? आफूलाई लोकतन्त्रको प्रयावार्ची ठान्ने कांग्रेस किन अलोकतान्त्रिक चरित्रको प्रर्दशन गरिरहेको छ ? कांग्रेस जे वोल्छ वा भन्छ त्यो नै लोकतन्त्रको परिभाषा हो भनेर हामीले मान्नु पर्ने हो र ?

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । असार लागेसँगै केही स्थानमा मनसुन सक्रिय हुन थालेको छ । वर्षाका कारण केही जिल्लामा बाढीपहिरो पनि आएको

काठमाडौँ, ११ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा कुल विद्युत उत्पादन ४५ सय मेगावाट पुर्‍याउने

काठमाडौँ, ११ असार । भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले हदबन्दी छुट पाएको जग्गाको विवरण उपलब्ध गराउन संसदीय

काठमाडौँ, ११ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस