अमेरिकाद्वारा युक्रेनलाई २७ करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा

एजेन्सी, १२ जेठ । संयुक्त राज्य अमेरिकाले शुक्रबार युक्रेनका निम्ति २७ करोड ५० लाख अमेरिकी डलरको नयाँ सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेको छ । सहायतामा गोलाबारुद, आर्टिलरी राउन्ड र सटीक हवाई हतियार समावेश छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुससँगको युद्धमा युक्रेनलाई अमेरिकाको समर्थन रहेको दोहोर्‍याए । उनले युक्रेनलाई नयाँ सुरक्षा सहायता प्रदान गर्नु किभलाई खार्किभनजिकै मस्कोको आक्रमणलाई रोक्न मद्दत गर्ने अमेरिकी प्रयासको एक हिस्सा रहेको बताए ।

सामाजिक सञ्जाल एक्सको एक पोस्टमा ब्लिन्केनले भनेका छन्, “आज संयुक्त राज्य अमेरिकाले युक्रेनका बहादुर मानिसलाई सहयोग गर्न २७ करोड ५० लाख अमेरिकी डलरको हतियार र उपकरण प्रदान गर्ने घोषणा गरिरहेको छ । रुसको आक्रामकताविरुद्धको लडाइँमा हामी युक्रेनको साथमा रहनेछौँ ।”

सन् २०२२ मा मस्को र किभबीच युद्ध सुरु भएदेखि अमेरिकाले युक्रेनलाई सहयोग गर्ने प्रस्ताव गरेको हो । रुससँग चलिरहेको युद्धबीच किभलाई अमेरिकी समर्थनको पुष्टि गर्न यस महिनाको सुरुमा ब्लिन्केन युक्रेनको आकस्मिक भ्रमणमा पुगेका थिए । २०२२ फेब्रुअरीमा मस्को र किभबीच युद्ध सुरु भएपछि उनले चौथोपटक यो अघोषित भ्रमण गरेका हुन् । एएनआई


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ कार्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौँ, २३ कार्तिक । आज २०८२ साल कार्तिक २३ गते आइतबारको राशिफल । मेष : दिन सामान्य छ । विश्वास गरेका पात्रले

काठमाडौँ, २२ कार्तिक । हुम्लाबाट एक सातामा ७५३ कार्टुन चिनियाँ मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका

काठमाडौँ, २२ कार्तिक । अनलाइन माध्यमबाट हुने ठगीका घटना बढेको भन्दै प्रहरीले सावधान रहन आग्रह गरेको छ । काठमाडौँ प्रहरी परिसर