अत्यधिक गर्मीका दुईजनाको मृत्यु

झापा, १२ जेठ । झापामा अत्यधिक गर्मीका कारण दुईजनाको मृत्यु भएको छ ।

हिजो शुक्रबार जिल्लाको मेचीनगरमा सडकमा हिँड्दाहिँड्दै एकजना पैदलयात्रीको मृत्यु भएको छ । दिउँसो मेचीनगर–९ का ७४ वर्षका नरबहादुर श्रेष्ठ मेचीनगरको धुलाबारीस्थित टिमाई पूलछेउमा लडिरहेको अवस्थामा भेटिएका थिए । नरबहादुरलाई स्थानीयले अचेत अवस्थामा देखेर उपचारका लागि मेची आम्दा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको उहाँका छोरा मेचीनगर नगरपालिका, वडा नं ९ का वडा सदस्य धनबहादुर श्रेष्ठले बताउनु भयो । दिउँसो धुलाबारीमा आयोजना गरिएको भोजमा सहभागी भएर उहाँ घर फर्कँदै हुनुहुन्थ्यो ।

स्थानीयले अत्यधिक गर्मीका कारण नरबहादुरको मृत्यु भएको अनुमान गरेका छन् । त्यस्तै हिजो नै अपराह्न बुद्धशान्ति गाउँपालिकाको जयपुरमा एक बेवारिसे शव फेला परेको थियो । मागिखाई हिँड्ने अन्दाजी ६०–६५ वर्षका पुरुष बाटोको छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गर्मीका कारण उनी पनि ढलेको हुनसक्ने आशङ्का गरिएको छ ।हिजो झापामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रहेको थियो । यो तापक्रम यस वर्षको सर्वाधिक हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ८ कार्तिक । पोखरा महानगरपालिका–२९, आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय रमाकान्त शर्माको मृत्यु भएको छ । शनिबार साँझ

काठमाडौँ, ८ कार्तिक । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा

काठमाडौँ, ८ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली

काठमाडाैँ, ७ कार्तिक । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ