अभ्यास खेलमा नेपालसँग हुरीकेन्स ६ रनले पराजित

काठमाडौँ, १२ जेठ । विश्वकपका लागि अमेरिकामा रहेको नेपाली टिमले पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्सलाई पराजित गरेको छ । प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा शुक्रबार राति सम्पन्न खेलमा नेपालले हुरीकेन्सलाई ६ रनले पराजित गरेको हो।

नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हुरीकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रनमा समेटियो । हुरीकेन्सका लागि लाहिरु मिलान्थालेसर्वाधिक ३३ रन बनाए भने अली शेख २३ रनको योगदान गरे । नेपालका सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । करण केसीले ३ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । रोहित पौडेल, कुशल भुर्तेल, सागर ढकाल र अभिनाश बोहराले एक÷एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो। नेपालका लागि अनिल कुमार शाहले ३० बलमा ४७ रन बनाए। कप्तान रोहितकुमार पौडेलले २३ तथा गुलसन झाले २० रन बनाए । नेपालले हुरीकेन्ससँग दोस्रो तथा अन्तिम अभ्यास खेल आइतबार बिहान खेल्नेछ। त्यसपछि नेपालले विश्वकपको दुई औपचारिक वार्मअप खेल खेल्नेछ । ४ जुन अर्थात जेठ २२ मा नेदरल्यान्ड्ससँग खेल्दै नेपालले टी२० विश्वकप सुरुआत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः