काठमाडौँ, १२ जेठ । आइतबारसम्म संसदमा जारी अवरोध हटाउन प्रमुख दलहरूबिच सहमति नभए प्रतिपक्ष दललाई पेलेरै जाने रणनीति सत्तापक्षले बनाएको छ ।
सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न सभामुख देवराज घिमिरेले शुक्रबार प्रतिनिधिसभा बैठक बोलाएका थिए ।
विपक्षीको नाराबाजीबिच बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएपछि पौने पाँच बजेतिर प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरूको बैठक बसेको थियो । तर टिओआरमा लामिछानेको नाम राख्ने कि नराख्ने विषयमा दुवैपक्षले अडान नछोडेपछि बैठक निष्कर्षबिहीन भएको हो । तथापि बैठक सकारात्मक भएको नेताहरूले दाबी गरेका छन् ।





