किम्फको २१ औँ संस्करण १६ गतेदेखि

काठमाडौँ, १२ जेठ । काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २१ औँ संस्करण आउँदो १६ गतेदेखि शुरु हुने भएको छ ।

काठमाडौँको राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा चार दिनसम्म चल्ने किम्फमा २२ देशका ६० भन्दा बढी फिल्म प्रदर्शन हुने आयोजकले जनाएको छ ।

यस संस्करणको नारा ‘इकोज अफ चेन्ज’ अर्थात् ‘परिवर्तनको प्रतिध्वनि’ राखिएको छ । किम्फको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत वृत्तचित्र, आख्यान (कथानक), लघु तथा प्रयोगात्मक फिल्म समावेश छन् । यसैगरी नेपाल पानोरामा शीर्षकअन्तर्गत पहिलेजस्तै स्वदेशी प्रतिभाका रोमाञ्जक फिल्महरू प्रस्तुत हुनेछन् ।

आयोजक संस्था किम्फ फाउण्डेसनकी अध्यक्ष रम्यता लिम्बूकाअनुसार इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’ को प्रिमियरबाट किम्फ शुरु हुनेछ । नेपालमा छायाँकन गरिएको यो वृत्तचित्र बाघको बच्चालाई शिकारीबाट बचाउन साहसिक यात्रामा निस्किएको एक युवाको कथा हो ।

महोत्सवले नेपालका सामाजिक समस्याका बारेमा चलचित्र र कार्यक्रमहरूको छनोटमार्फत कुराकानी गराउने लक्ष्य राखेको छ । महोत्सवमा “एभरेस्ट रिभिजिटेड १९२४, २०२४” शीर्षकको चलचित्रसँगै एक शताब्दी पुरानो सगरमाथा क्षेत्रको तस्बिरहरूको प्रदर्शनी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ कार्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौँ, २३ कार्तिक । आज २०८२ साल कार्तिक २३ गते आइतबारको राशिफल । मेष : दिन सामान्य छ । विश्वास गरेका पात्रले

काठमाडौँ, २२ कार्तिक । हुम्लाबाट एक सातामा ७५३ कार्टुन चिनियाँ मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका

काठमाडौँ, २२ कार्तिक । अनलाइन माध्यमबाट हुने ठगीका घटना बढेको भन्दै प्रहरीले सावधान रहन आग्रह गरेको छ । काठमाडौँ प्रहरी परिसर