इरानी राष्ट्रपति रायसी चढेको हेलिकप्टर दुर्घटनाको अनुसन्धान प्रतिवेदन सार्वजनिक

एजेन्सी, १२ जेठ । इरानी राष्ट्रपति इब्राहिम रायसी र उहाँको टोलीका सदस्यहरूको ज्यान जाने गरी भएको  हेलिकप्टर दुर्घटनाको कारणबारे पहिलो प्रतिवेदन सार्वजनिक भएको छ ।

चिनियाँ समाचारसंस्था सिन्ह्वाका अनुसार दुर्घटनापछि गठन भएको विशेषज्ञ र प्राविधिकहरू सम्मिलित एक उच्च स्तरीय छानबिन समितिले प्रतिबेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनअनुसार हेलिकप्टर पूर्वनिर्धारित मार्गमै रहेको थियो । घटना हुनुभन्दा झण्डै डेढ मिनेटअघि दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटले राष्ट्रपतिको सुरक्षामा रहेका अरु दुई हेलिकप्टरसँग सम्पर्क गरेका थिए । दुर्घटनाग्रस्त हेलिकप्टरको भग्नावशेषमा गोली वा यस्तै वस्तुको कुनै निशान फेला नपरेको र हेलिकप्टर पहाडमा खसेपछि आगो लागेको प्रतिबेदनमा उल्लेख छ ।

प्रतिवेदनमा वाचटावर र उडान टोलीबीचको कुराकानीमा कुनै शङ्काष्पद मुद्दा फेला नपरेको उल्लेख छ । रायसी र उहाँको टोली पूर्वी अजरबैजान प्रान्त जाँदै गर्दा आइतवार पहाडी क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत

काठमाडौँ, ७ असोज । बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको

काठमाडौँ, ७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ७ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको