न्युजिल्यान्डबाट १ सय देशमा पाउडर दूध निर्यात

एजेन्सी, १२ जेठ । बितेको एक वर्षमा न्युजिल्यान्डले विश्वका एक सयभन्दा बढी देशमा पाउडर दूध निर्यात गरेको छ । सन् २०२३ को अप्रिलदेखि गएको अप्रिलसम्ममा पाँच अर्ब ९१ करोड अमेरिकी डलर बराबरको दूध पाउडर निर्यात भएको न्युजिल्यान्डकाे तथ्याङ्क विभागलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

न्युजिल्यान्डले निर्यात गरेको दूध पाउडरको झन्डै ३० प्रतिशत चीनमा गएको छ । न्युजिल्यान्ड विश्वकै सबैभन्दा धेरै पाउडर दूध निर्यात गर्ने देश पनि बनेको छ । सन् २००८ मा चीनसँग स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएपछि चीनमा निर्यात बढेको तथ्याङ्क विभागका अन्तर्राष्ट्रिय व्यापार प्रबन्धक अलास्डेयर एलेनले बताउनुभयो ।

पाउडर दूध न्युजिल्यान्डबाट सबैभन्दा ठूलो मात्रामा विदेश निर्यात हुने वस्तु रहेको तथ्याङ्क विभागले पुष्टि गरेकाे खबरमा उल्लेख छ । न्युजिल्यान्डकाे दूध पाउडर निर्यात मूल्य बढ्दै गए पनि सन् २०१४ देखि डेरी र गाईवस्तुको सङ्ख्या क्रमशः घट्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै

काठमाडौँ, २५ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले अदालतबाट भएका फैसलाको प्रभावकारी रूपमा कार्यान्वयन गर्न छुट्टै कानुनी