लापसे चेकिङमा चारजना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ, १२ जेठ । ट्राफिक प्रहरीको लागुपदार्थ सेवन गरेर सवारी साधन चलाएको आरोपमा चारजना चालकलाई भक्तपुरको जगातीबाट नियन्त्रणमा लिएको छ । 

बा ४ ख ९३ ९६  नम्बरका बस चालक सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका–२ का ३२ वर्षीय पेमा घेम्सो लामा, बा ५ ख ४० २७ नम्बरका हाइस चालक सिरहाको सिरहा नगरपालिका–६ का २६ वर्षीय देव यादव, बा १ ज ६१ ७४ नम्बरका सुमो चालक उदयपुरका २८ वर्षीय शिव शंखर चौधरी र बा २ ज २३ नम्बरका ट्याक्सी चालक काठमाडौँको बानेश्‍वर बस्ने ३५ वर्षीय जीवन गिरीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाब चेक गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तररूपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे/नगरेको चेक गर्दै आएको छ । जगातीमा आज २५ सवारी साधनलाई चेक गर्दा चारवटा सवारी साधनका चालकले लागुपदार्थ सेवन गरेको पाइएको हो ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर