काठमाडौँ, ११ जेठ । सन् २०२४ को हलिउडको बहुप्रतीक्षित एक्सन-एड्भेन्चर फिल्म ‘फ्युरिओसा : अ म्याड म्याक्स सागा’ शुक्रबारदेखि नेपालमा समेत रिलिज भएको छ ।
जर्ज मिलर निर्देशित यो डिस्टोपियन कथावस्तुको फिल्म गत साता प्रसिद्ध कान्स फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको थियो । ‘म्याड म्याक्स’को यो पाँचौं श्रृंखला हो । यो श्रृंखलामा शीर्ष पात्र फ्युरिओसाको भूमिकामा आन्या टेलर जोयले अभिनय गरेकी छन् । यसअघि चार्लिज थेरोनले गरेको मौलिक फ्युरिओसा चरित्रको पछिल्ला तन्नेरी अवतारमा आन्या देखिएकी हुन् ।
तपाईंलाई हलिउडको चर्चित म्याड म्याक्स फ्रेन्चाइजीमा रुचि छ भने यो फिल्म दर्शनीय हुनसक्छ । यो फिल्ममा आन्यासहित क्रिस हेम्सवर्थ र चार्ली फे्रजरको अभिनय छ ।





