कार्यदलको बैठक भोलि फेरि बस्ने

काठमाडौँ, ११ जेठ । सहकारीको रकम अपचलन मुद्दामा संसदीय छानबिन समितिको कार्यदेश बनाउन गठित कार्यदलको बैठक शनिबार फेरि बस्ने भएको छ ।

आज बिहान बसेको बैठक सहमतिमा पुग्न नसकेपछि पुनः बस्ने गरी सकिएको थियो । कार्यदलका संयोजक कानुनमन्त्री पद्म गिरीले शनिबार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाएका छन् । नेपाली कांग्रेसका सहमहामन्त्री एवं कार्यदल सदस्य जीवन परियारले भोलि बस्ने खबर आएको जानकारी गराए ।

‘आज त बस्ने कुरा छैन । हामी छानबिन समितिको मागकर्ता पर्‍यौं,’ परियारले भने, ‘उहाँले समय निश्चित नगरेसम्म हामीले अहिले नै बसौं । आजै बसौं भनेर भएन ।’ गोर्खा मिडियामा गृहमन्त्री रवि लामिछाने प्रवन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलनमा उनी संलग्न रहेको कांग्रेसको दाबी छ । गोर्खा मिडियामा रकम स्थानान्तरण भएका सबै सहकारीको छानबिन हुनुपर्ने कांग्रेसको माग छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट

काठमाडौँ, २१ कार्तिक । बजारमा तने बोडीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज

काठमाडौँ, २१ कार्तिक । डोल्पा जिल्लाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ ।  राष्ट्रिय

काठमाडौँ, २१ कार्तिक । जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा