नेता कोइरालाको प्रश्‍न – दुईवटा पासपोर्ट भएका गृहमन्त्रीलाई कानुन लाग्दैन ?

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेका दुई पासपोर्ट भएकाले कानुनी उन्मुक्ति पाउन नहुने बताएका छन् ।

आज विराटनगरमा प्रेस युनियनले गरेको कार्यक्रममा बोल्ने क्रममा नेता शेखरले गृहमन्त्री भएको आधारमा कानुनी छुट नहुने बताए । ‘देशको कानुन गृहमन्त्रीलाई लाग्दैन? गृहमन्त्री भएको नाताले उन्मुक्ति दिने? यो हुन सक्दैन । त्यसबाट उन्मुक्ति पाउन उहाँले सक्नुहुन्न्,’ कोइरालाले प्रश्‍न गरे ।

गृहमन्त्री लामिछानका दुईटा पासपोर्ट र दुईटा नागरिकता भएको उल्लेख गर्दै कोइरालाले संसदका महासचिव पद्मप्रसाद पाण्डेको पनि दुईटा नागरिकता र दुईटा पासपोर्ट रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ कार्तिक । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी सभ्य, शिष्ट र सुसंस्कृत होस् भन्ने चाहेको बताएका छन् ।

काठमाडौँ, २२ कार्तिक । मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा

काठमाडौँ, २२ कार्तिक । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाका अनुसार कार्तिक

काठमाडौँ, २१ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा “राष्ट्रिय बृहत आर्थिक बहस २.०” कार्यक्रमको आयोजना गर्ने भएको छ ।