काठमाडौँ, १० जेठ । चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १६ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।
मे २६ देखि जुन ३ तारिखसम्म हुने प्रतियोगितामा १२ राष्ट्रको सहभागिता रहने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।
सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश, श्रीलंका, इराक, मलेसिया र इन्डोनेसिया रहेका छन् । समूह ‘बी’ मा थाइल्यान्ड, जापान, पाकिस्तान, दक्षिण कोरिया, केन्या र पोल्यान्ड छन् ।






