बेलायतमा आउँदो जुलाई ४ मा आम निर्वाचन हुने

लन्डन, १० जेठ । बेलायतमा आउँदो जुलाई ४ मा आम निर्वाचन हुने भएको छ । प्रधानमन्त्री ऋषि सुनकले बुधबार उक्त निर्वाचन घोषणा गरेका हुन् । आउँदो शरद ऋतुमा आम निर्वाचन हुने आमअपेक्षा विपरीत प्रधानमन्त्रीले चाँडै निर्वाचन गराउन लागेका हुन् ।
 
निर्वाचन घोषणा भएकाले अब बेलायतको संसद भोलि (शुक्रबार)देखि नै निलम्बनमा पर्नेछ । यद्यपि, संसद्को औपचारिक अन्त्य भने आउँदो बिहीबारबाट हुनेछ । संसद अन्त्यपछि करिब ५ हप्ता बेलायतमा आम निर्वाचनमा दलहरू होमिनेछन् ।

अहिले विपक्षी लेबर पार्टीले बेलायतमा निर्वाचन जित्ने ओपिनियन पोलहरूले देखाइरहेका छन् । हालै भएको स्थानीय तहको निर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टीले पराजय भोगेको थियो । बुधबार साँझ निर्वाचन घोषणा हुनुअघि प्रधानमन्त्री सुनकले राजा चार्ल्स  तृतीयलाई भेटेर निर्वाचनको बारेमा जानकारी गराएका थिए । निर्वाचनको मिति आउँदो अक्टोबर नोभेम्बरका लागि तोकिने यसअघि अपेक्षा गरिएको थियो । बीबीसी 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट

काठमाडौँ, २१ कार्तिक । बजारमा तने बोडीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज

काठमाडौँ, २१ कार्तिक । डोल्पा जिल्लाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ ।  राष्ट्रिय

काठमाडौँ, २१ कार्तिक । जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा