इरानका सर्वाेच्च नेताले दिए रइसीलाई श्रद्धाञ्जली

तेहरान, ९ जेठ । इरानमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका राष्ट्रपति इब्राहिम रइसीको स्मरणमा राजधानी तेहरानमा बुधबार विशाल शोक कार्यक्रमको आयोजना गरिएको छ । उक्त शोकसभामा हजारौँ मानिस सहभागी भएका थिए । 

सो कार्यक्रममा इरानका सर्वोच्च नेता आयोतोल्लाह खमेनेइले मृतकको शवमा इरानको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए । गएको आइतबार रइसीसहित विदेशमन्त्री होसेन अमिर अब्दोल्लाहिनलगायतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो । 

बुधबारको कार्यक्रममा अल्लाहको प्रार्थनासमेत गरिएको थियो । सो अवसरमा इरानका अन्तरिम राष्ट्रपति मोहम्मद मोखबरपनि सँगै उभिएका थिए । रइसीको भोलि बिहीबार अन्त्येष्टि गरिने कार्यक्रम छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई

काठमाडौँ, ५ असोज । पर्सामा प्रहरीले ३० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार राति १० बजे दुई

काठमाडौँ, ५ असोज । दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुहुँ