इरानका सर्वाेच्च नेताले दिए रइसीलाई श्रद्धाञ्जली

तेहरान, ९ जेठ । इरानमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका राष्ट्रपति इब्राहिम रइसीको स्मरणमा राजधानी तेहरानमा बुधबार विशाल शोक कार्यक्रमको आयोजना गरिएको छ । उक्त शोकसभामा हजारौँ मानिस सहभागी भएका थिए । 

सो कार्यक्रममा इरानका सर्वोच्च नेता आयोतोल्लाह खमेनेइले मृतकको शवमा इरानको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए । गएको आइतबार रइसीसहित विदेशमन्त्री होसेन अमिर अब्दोल्लाहिनलगायतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो । 

बुधबारको कार्यक्रममा अल्लाहको प्रार्थनासमेत गरिएको थियो । सो अवसरमा इरानका अन्तरिम राष्ट्रपति मोहम्मद मोखबरपनि सँगै उभिएका थिए । रइसीको भोलि बिहीबार अन्त्येष्टि गरिने कार्यक्रम छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ कार्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौँ, २३ कार्तिक । आज २०८२ साल कार्तिक २३ गते आइतबारको राशिफल । मेष : दिन सामान्य छ । विश्वास गरेका पात्रले

भक्तपुर, २२ कार्तिक । गृहमन्त्रालय अन्र्तगत रहेको सरकारी संस्था जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरका राष्ट्रसेवक कर्मचारीहरुका विच ध्वनी चिकित्साको प्रयोग

काठमाडौँ, २२ कार्तिक । अनलाइन माध्यमबाट हुने ठगीका घटना बढेको भन्दै प्रहरीले सावधान रहन आग्रह गरेको छ । काठमाडौँ प्रहरी परिसर