बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान

ढाका, ८ जेठ । चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । 

गत आर्थिक वर्षको वृद्धिदर ५.७८ प्रतिशतको तुलनामा कुल गार्हस्थ्य उत्पादनको यो वृद्धि सामान्य हो भने अन्तर्राष्ट्रिय मुद्रा कोषको ५.७ प्रतिशत र विश्व बैङ्कको ५.६ प्रतिशतको पूर्वानुमानसँग नजिकको तथ्याङ्क रहेका समाचार एजेन्सी बीएसएसले सोमबार रिपोर्ट गरेको छ ।

यसैबिच, चालु आर्थिक वर्षको पहिलो सात महिनाको तथ्याङ्कमा आधारित अनुमानअनुसार प्रतिव्यक्ति आयको पूर्वानुमान अघिल्लो वर्षको दुई हजार सात सय ४९ डलरबाट बढेर चालु आर्थिक वर्षमा दुई हजार सात सय ८४ डलर पुगेको छ । हालको मूल्यमा बङ्लादेशको जीडिपी चार सय ५९ अर्ब डलर रहेको छ, जुन अघिल्लो आर्थिक वर्षमा चार सय ५२ अर्ब डलर थियो । 

तथ्याङ्कले कृषि र उद्योगमा कमी देखाएको भने सेवामा थोरै वृद्धि भएको देखाएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने