काठमाडौँ, ८ जेठ । काठमाडौँको चन्द्रागिरिमा यही जेठ ९ र १० गते जलवायु परिवर्तनसम्बन्धी अन्तराष्ट्रिय विज्ञ संवाद हुने भएको छ ।
वन तथा वातावरण मन्त्रलायले उक्त सम्मेलनको आयोजना गर्न लागिएको जनाएको हो । सम्मेलनमा २३ देशका प्रतिनिधिहरू सहभागी हुने मन्त्रालयले बताएको छ । ती देशबाट सम्मेलनमा सहभागी हुन ६१ जनाभन्दा बढी प्रतिनिधि आउनेछन् ।




