इरानमा जुन २८ मा राष्ट्रपति निर्वाचन

तेहरान, ८ जेठ । इरानमा आउँदो जुन २८ तारिखमा राष्ट्रपति निर्वाचन हुने भएको छ । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको सोमबार पुष्टि भएपछि उक्त निर्वाचनको मिति तय गरिएको हो ।

इरानको संवैधानिक प्रावधानानुसार, राष्ट्रपतिको मृत्युपछि ५० दिनभित्र उक्त पदको निर्वाचन गर्नुपर्ने प्रावधान छ । त्यहाँको संविधानको धारा १३१ बमोजिम उपराष्ट्रपति मोखबर देजफुलीले सोमबारदेखि नै अन्तरिम राष्ट्रपतिको कार्यभार सम्हालेका छन् । उनले कार्यकारी प्रमुखका रूपमा राष्ट्र्पतिको निर्वाचन गराउनेछन् । सीएनएन


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट

काठमाडौँ, २१ कार्तिक । बजारमा तने बोडीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज

काठमाडौँ, २१ कार्तिक । डोल्पा जिल्लाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ ।  राष्ट्रिय

काठमाडौँ, २१ कार्तिक । जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा