इरानमा उपराष्ट्रपति मोखबर कार्यवाहक राष्ट्रपति नियुक्त

एजेन्सी, ७ जेठ । इरानका राष्ट्रपति इब्राहिम रायसीकाे निधनपछि उपराष्ट्रपति मोहम्मद मोखबरले कार्यवाहक राष्ट्रपतिका रूपमा पदभार सम्हाल्ने हुनुभएको छ । 

रायसीको निधनपछि देशको पहिलो उपराष्ट्रपति मोखबरले कार्यवाहक राष्ट्रपतिका रूपमा पदभार ग्रहण गर्ने सर्वोच्च नेता आयातोल्लाह खामेनीले बताउनुभएको समाचार संस्था एएफपीले जनाएकाे छ । इरानको संविधानले मोखबरको अन्तरिम नियुक्तिका लागि सर्वाेच्च नेता आयातोल्लाह खामेनीलाई अधिकार सुम्पिएको छ । सर्वाेच्च नेता खामेनी सबै राज्य मामिलामा अन्तिम निर्णायक हुनुहुन्छ ।

इरानको संविधानअनुसार राष्ट्रपति पद रिक्त भएको अवस्थामा ५० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि चुनाव गर्नुपर्ने व्यवस्था छ । इरानले राष्ट्रपति रायसीलगायतका दुर्घटनामा निधन भएका नेताहरूको सम्झनामा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ । इरानकाे संविधानले राष्ट्रपतिको निधन भएको वा स्वास्थ्य अवस्था अथवा महाभियोगका कारण काम गर्न नसक्ने अवस्थामा सत्ताको नेतृत्व उपराष्ट्रपतिलाई दिने व्यवस्था गरेको छ ।

आज बिहान इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको हाे । हिजोदेखि सम्पर्कविहीन भएको इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर पूरै जलेको अवस्थामा बिहान फेला परेको हो । हेलिकप्टरको भग्नावशेष मात्र भेटिएपछि इरानी राष्ट्रपतिलगायत सबै जनाको निधन भएको इरानको समाचार संस्था तेहरान टाइम्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ कार्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौँ, २३ कार्तिक । आज २०८२ साल कार्तिक २३ गते आइतबारको राशिफल । मेष : दिन सामान्य छ । विश्वास गरेका पात्रले

भक्तपुर, २२ कार्तिक । गृहमन्त्रालय अन्र्तगत रहेको सरकारी संस्था जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरका राष्ट्रसेवक कर्मचारीहरुका विच ध्वनी चिकित्साको प्रयोग

काठमाडौँ, २२ कार्तिक । अनलाइन माध्यमबाट हुने ठगीका घटना बढेको भन्दै प्रहरीले सावधान रहन आग्रह गरेको छ । काठमाडौँ प्रहरी परिसर