सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन : मेयर शाह

काठमाडौँ, ७ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले फोहोर बोक्ने गाडीका चारजना चालकलाई सरकारले नियन्त्रणमा लिएको बताएका छन् ।

आइतबार साँझ बालेनले सामाजिक सञ्जालमार्फत फोहोर बोक्ने गाडीका चालकलाई नियन्त्रणमा लिइएको बताउँदै आक्रोश पोखेका छन् ।

उनले चालकलाई रिहा नगरे सिंहदरबारसहित सबै पार्टी कार्यालयको फोहोर नउठाउने चेतावनीसमेत दिएका छन् । उनले नेताहरूको घरको समेत फोहोर नउठाउने बताएका छन् ।

“भ्रष्टलाई समाउन सक्नुभएन, काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ, यो सरकारले । जबसम्म ससम्मान चालकहरू रिहा हुन्नन्,  सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको  फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिदैन,” उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ कार्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौँ, २३ कार्तिक । आज २०८२ साल कार्तिक २३ गते आइतबारको राशिफल । मेष : दिन सामान्य छ । विश्वास गरेका पात्रले

भक्तपुर, २२ कार्तिक । गृहमन्त्रालय अन्र्तगत रहेको सरकारी संस्था जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरका राष्ट्रसेवक कर्मचारीहरुका विच ध्वनी चिकित्साको प्रयोग

काठमाडौँ, २२ कार्तिक । अनलाइन माध्यमबाट हुने ठगीका घटना बढेको भन्दै प्रहरीले सावधान रहन आग्रह गरेको छ । काठमाडौँ प्रहरी परिसर